१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्र र जनताको हितसँग सम्बद्ध विषयप्रति ध्यान राख्नु स्वभाविक: पूर्व राजा शाह

राष्ट्र र जनताको हितसँग सम्बद्ध विषयप्रति ध्यान राख्नु स्वभाविक:  पूर्व राजा  शाह
अ अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएको जनाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिबेशनमा अध्यक्ष पदमा पराजित भएपछि नेता कमल थापाले पूर्ब राजा प्रति कडा आक्रोश पोख्दै उहाँलाई मेन्सन गर्दे सामाजिक संञ्जालमा बिभिन्न टिप्पणीहरु पोष्ट गर्नुभएको थियो ।

थापा लगायत केही नेताहरुले सामाजिक संञ्जालमा मेन्सन गर्दे पोष्ट गरेपछि पूर्बराजाको सम्बद सचिवालयले एक सूचना जारी गर्दे दृष्टिकोण सार्बजनिक गरेको हो ।

यो पनि पढ्नुहोस् – कमल थापाको आक्रोश: निर्मल निवासको नाङ्गो हस्तक्षेप भयो

सम्वाद सचिवालयले जारी गरेको सुचना भनिएको छ   ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामायिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसंग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखि बक्सनु स्वभाविक हो ।’

त्यस्तै पूर्वराजा शाहले कुनै किसिमको सामाजिक सञ्जाल प्रयोग नगरेको उल्लेख गर्दै जारी सूचनामा भनिएको छ, ‘तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ ।’

सचिवालले यसका साथै निराधार कपोल्कल्पित भ्रम जालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपु-याउन सबैमा अग्रहसमेत गरिएको छ । यसै गरी सचिवालयले पूर्व यूवराज्ञी हिमानी शाहले पनि ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाईएको छ । 

यो पनि पढ्नुहोस् 

अरु बेला राजाको गुणगान गाउने अनि हारेपछि चाहिँ आरोप लगाउन मिल्छ ?

राजसंस्थालाई हेर्ने दृष्टिकोण, म नैतिक र धर्मसंकटमा परेको छु: कमल थापा