१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल विनाशलाई अवसरमा बदल्न सफलः प्रधानमन्त्री देउवा

नेपाल विनाशलाई अवसरमा बदल्न सफलः प्रधानमन्त्री देउवा
अ अ+ अ-

काठमाडौं । नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो ।

२०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पछिको उद्दार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिनुभयो । 

प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको उल्लेख गर्दै अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनस्र्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ । विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं ।” 

पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पु¥याएकोमा प्राधिकरणलाई धन्यवाद दिंदै पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले विपद् जोखिमबाट मुक्त नेपाल निर्माणतर्फ अघि बढ्न विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभयो ।  


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरु आदानप्रदान भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा प्राप्त यी अनुभवहरु भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागहरुलाई पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारहरुलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामथ्र्यवान बनाउनुपर्नेमा जोड दिंदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।   

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय तहहरुलाई सामथ्र्यवान बनाइनुपर्ने धारणा राख्नुभयो ।

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गर्दै नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनाबाट आफूहरुले पनि सिकेको उल्लेख बताउनुभयो ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत् आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजै सम्मेलन अन्तरर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । 

यो पनि पढ्नुहोस् – सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न राष्ट्रपति भण्डारीको आग्रह (भिडियो सहित)

समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्का, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतहरुको सहभागिता थियो ।