१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा धुलोभन्दा धुवाँको समस्या गम्भीर



अ+ अ-

काठमाडौं । काठमाडौंका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि ६० सवारीसाधनलाई सडकमा परीक्षण गर्दा सो तथ्य फेला परेको होे ।

अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकालाई धुलोमुक्त बनाउन पैदल मार्गलाई व्यवस्थित गरिने, निर्माण सामग्रीको ढुवानी गर्दा सुरक्षित विधि अपनाइने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने तथा काठमाडौँ उपत्यकाभित्र सडक निर्माण गर्दा अनिवार्य रुपमा फुटपाथ निर्माण गर्ने व्यवस्था मिलाइने कुरामा जोड दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धुलो नियन्त्रण गर्न टोली नै बनाएर एकीकृत रूपमा काम गर्न निर्देशन दिनुभएको छ । यसले राजधानीको धुलो र धुवाँ राष्ट्रिय मुद्दा नै बनेको छ तर पनि ठोस समाधान आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थ तथा उद्योगहरूबाट उठाइएको प्रदूषण करबाट जम्मा भएको करिब चार अर्ब रुपियाँ कहाँ खर्च भन्ने अन्योल छ ।

वातावरणविद् भुषण तुलाधरका शब्दमा धुलोको समस्या अल्पकालीन हो तर सवारी साधनले गर्ने प्रदूषण दीर्घकालीन हो । उहाँ धुलो भन्दा सवारी प्रदूषणलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनु हुन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।