१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष प्रचण्ड



अ+ अ-

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ ।

सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो । “हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भन्नुभयो, “सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।”

उहाँले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाउनु भएको थियो । उहाँले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराउनुभयो । किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान आउनुभएका अध्यक्ष दाहालले पहिले कार्र्यकर्तासँग १२ बजे भेटघाट गरेर उभौलीको समापन गर्नुुभएको थियो ।