• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

सुत्केरीको हेलिकप्टरबाट उद्धार



बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले बताउनुभयो । सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको धामीले जानकारी दिनुभयो ।

सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको पहलमा हेलिकप्टरमार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । बाइस वर्षीया रमिलाको बाजुरामा उपचार गर्न सम्भव नभएपछि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कँुवरले जानकारी दिनुभयो ।

सुत्केरीको रगत धेरै बगेको छ, दुई दिन भयो बोल्नसमेत नसकेको आफन्तले बताएका छन् । हेलिकप्टरबाट नेपालगञ्ज पठाएपछि अब ज्यान जोगिन्छ की भन्ने आशा रहेको उनीहरुको भनाइ छ । बाजुरामा मात्रै सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि तीन जना सुत्केरीकोे हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।