१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले कम्पनीबाटै निष्काशन गर्यो अमेरिकी कर्मचारी



अ+ अ-

काठमाडौं । चिनियाँ कम्पनी दूरसञ्चार हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट हटाएको छ । अमेरिकासँगको सम्बन्ध बिग्रँदै गइरहेका बेला हुवावेले केन्द्रीय कार्यालय सेन्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट हटाएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि हुवावेले उक्त निर्णय लिएको हो । अ‍ेमेरिकी कम्पनी गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएपछि हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकी कम्पनीसँग कुनै प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन समेत दिएको छ ।

यसले चीन र अमेरिकाबीचको व्यापार युद्ध बढ्ने अनुमान गरिएको छ । अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधिको चोरी गरेको आरोप पनि लगाउँदै आएको छ ।

अमेरिकाले हुवावेको फाइभ९जी प्रविधि देशका लागि सुरक्षा जोखिम भएको बताउँदै आफ्ना निकटस्थ राष्ट्रलाई उक्त प्रविधि जडान नगर्न आग्रह गरिसकेको छ ।

अमेरिकाले हुवावेलाई कालोसुचीमा राख्ने निणर्य गरेसँगै गुगलले आफ्नो सेवामा रोक लगाइसकेको छ । आगामी दिनमा हुवावेले निर्माण गर्ने मोइबाइलमा गुगलका गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल लगायतका एप्सहरू हुने छैनन् ।

गुगलको आफ्नो सेवामा रोक लगाएपछि हुवावेले विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने जनाइसकेको छ ।

यसअघि हुवावे संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फीले अमेरिकाले आफ्नो कम्पनीलाई कमजोर सोचेको भन्दै आफ्नो कम्पनीको हुवावेको फाइभ९जी सेवालाई भविष्यमा कसैले पनि चुनौती दिन नसक्ने दाबी गरेका थिए ।