• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बजेटले समृद्धिलाई जोडेको छः मन्त्री राई



बाँके । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताउनुभएको छ । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उहाँले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताउनुभयो ।

“अब ढिलासुस्ती सरकारलाई मान्य हुँदैन”, उहाँले भन्नुभयो, “सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ । बजेटले देशको समृद्धिलाई जोडेको छ, कार्यान्वयनमा सरकार दृढ छ ।” मन्त्री राईले मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’का लागि निजी क्षेत्रको लगानी अपरिहार्य भएको उहाँको भनाइ थियो । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको लागतमा उद्यान निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग तथा नेपालगञ्ज–सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको सो उद्यानमा विभिन्न पूर्वाधार तयार गरिएका छन् ।

उद्यान १७ हजार ५०० वर्गफिटमा फैलिएको छ । उद्यानको बीचमा बाघको प्रतिमा राखिएको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताउनुभयो । नियमित मर्मत सम्भारको अभावमा जीर्ण बनेको उक्त उद्यानलाई व्यवस्थित गर्नका लागि सिद्धार्थ विजनेश गु्रपले नगरपालिकासँगको सहकार्य गरी १५ वर्षसम्म सञ्चालनको अनुमति पाएको छ । साझेदारी गरेर अघि बढ्ने उद्देश्यले निर्माणसँगै सञ्चालनको जिम्मा सिद्धार्थ विजनेश ग्रुपलाई दिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।
–––