१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत



अ+ अ-

उदयपुर । उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।

सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा पवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा साह, नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले शल्यक्रिया गरेको हो । यसअघि २५ शैययाको कटारी अस्पतालमा प्रसूतिसेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र बिराटनगर जाने गरेका थिए ।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लामो समयको प्रयासपछि शल्यक्रियासहित प्रसूतिसेवा उपलब्ध गराउन सफल भएको बताउनुभयो । “अब कटारी क्षेत्र, ओखलढुङ्गाको पूर्वी दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका सुत्ेकेरीलाई सहज भएको छ”, उहाँले भन्नुभयो । दुई वर्ष अघि कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरेको थियो । चिकित्सक र तालीम प्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन् । नगरप्रमुख श्रेष्ठले सफल रुपमा प्रसूति गराउने टोलीलाई रु ५० हजार पुरस्कारसमेत प्रदान गर्नुभएको छ । जिल्ला अस्पताल गाइघाटले भने २०६७ देखि नै प्रसूतिसेवा शुरु गरेको हो ।