१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेकपाका शीर्ष नेताहरु गृहकार्यमा जुटे



अ+ अ-

काठमाडौं । पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन्।

बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी छ।

बैठकमा नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी छन्।

यता अध्यक्ष दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच धु्रवीकरण बढेको छ ।

दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा अध्यक्ष हुने अभिव्यक्ति दिएपछि नेताहरु पक्ष र विपक्षमा बाँडिएका हुन् ।

समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्वमाओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्वएमाले समूहमा भने दाहालको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ ।

अर्काे तर्फ एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन।

संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ।

गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो।

वर्षदिन बित्दासमेत नेकपामा दोस्रो तहभन्दा तलका नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्।

जारी छलफलमा चार नेताबीच मोटामोटी सहमति भएमात्रै दिउँसो सचिवालय बैठक बस्ने स्रोतको भनाइ छ।

यसअघि सोमबारका लागि बोलाइएको सचिवालय बैठक पनि नेताहरूबीच सहमति नजुट्दा आजका लागि सरेको थियो।