१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट :आज अफगानिस्तान र श्रीलंका भिड्दै, दुवै टिमको उत्कृष्ट कमव्याक गर्ने योजना



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

वेल्सको कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए ।

यसअघि एक–एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यता अफगानिस्तान पनि श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको छ । अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।