६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वर्षीया बालिकालाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई १ वर्षको कैद फैसला



अ+ अ-
फाइल फोटो

उदयुर । ५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा फागुन १९ गते पक्राउ परेका एक जनालाई १२ वर्षीय बालकलाई १ वर्ष कैद फैसला सुनाईएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको हो । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो।

कसुरदार नाबालक रहेकाले बालबालिका ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था अनुरुप यस्तो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

कानूनका अनुसार उमेर पुगेको भए दुई वर्ष कैद हुने थियो । कसुरदारले ०७५ फागुन १८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका थिए।