• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न सुहाएन : महामन्त्री शर्मा (भिडियो)



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिनुभएको छ ।

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गर्नुभयो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिनु भएको हो । अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथी टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गर्नुभयो । उहाँले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो  “कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ । मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।”

महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गर्नुभयो । महामन्त्री शर्माले भन्नुभयो, “सामान्यतया निर्वाचन आयोगहरुको अभ्यास कार्य गर्ने सन्दर्भमा दुई वटा कुरामा बढी केन्द्रित रहने गरेको छ । एउटा नेपालको संविधानले, निर्वाचनसँग सम्बन्धित नियमावलीहरुले दिएका र गरेका मार्ग निर्देशहरु । अर्को त्यसलाई कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा राजनीतिक दलहरु जो निर्वाचनको मुख्य अवयव हुन्छन्, निर्वाचनको मुख्य प्रतिष्पर्धीहरु हुन्छन्, ती दलहरुसँगको संवादहरु । यो दुई वटै कुराको सन्दर्भमा निर्वाचन आयोगले निर्वाचनको प्रक्रियामा जाँदै गर्दा विशेष गम्भीरता पुर्‍याउनु पर्छ । आज कुनै एउटै दलले कुनै कुरामा प्रश्न उठायो । भोलि कुनै प्वाइन्ट आउनसक्छ, हामीले पनि प्रश्न उठाउने आउनसक्छ । पहिला सैद्धान्तिक रुपमा क्लियर होऔँ । निर्वाचन आयोगले गर्ने कुराहरु पारदर्शी हुने, दलहरुसँगको संवादमा बढी केन्द्रित हुने भन्ने कुरालाई प्रथम प्राथमिकता राख्नैपर्छ । तर सँगै अर्को कुरा हामी राजनीतिक दलहरु पनि क्लियर होऔँ । त्यो भनेको के हो भने निर्वाचन आयोगलाई, एउटा संवैधानिक आयोगलाई हामीले भरोसा गरेर देशको निर्वाचन सम्पन्न गर्न दिँदै गर्दा उसले गरेका निर्णयहरुमाथि हामीले प्रश्न उठाउन पाउँछौँ नै । प्रश्न उठाउनु पनि पर्छ । त्यो हाम्रो तर्कमा आधारित, तथ्यमा आधारित प्रश्नहरु छन् भने । तर निर्वाचन आयोगले हरेक कुरा गरिरहँदै गर्दा साना साना कुरा गरिरहँदा दलहरुलाई सोधिरहने भन्ने पनि हुँदैन । प्रधान कुरामा सोध्ने हो । निर्वाचन आयोगले गरेको कुरामा प्रश्न उठाउँदै गर्दा हामी कति तार्किक छौँ भन्ने कुरालाई हामीले फेरि हेक्का गर्नुपर्छ ।

निर्वाचन आयोगले हामीलाई सचेत गराउनु पर्छ । नेपाली काँग्रेसले अभियानको क्रममा घर घर जाऔँ, काँग्रेस जिताऔँ भनिरहँदा, अभियानकै क्रममा आचारसंहितालाई पालना गरेर मर्यादित ढंगले प्रतिष्पर्धा गर्नलाई पार्टी पंक्तिलाई पनि प्रेरित गर्ने र प्रतिष्पर्धीहरुलाई पनि अपिल र आग्रह गर्ने हामीले भन्यौँ । सबैले त त्यसरी भनिरहनु भएको छैन । अरु दलले भनिरहनु भएको छैन । भन्नुहोला । आचारसंहिता पालन गर्ने क्रममा काँग्रेस पनि कहीँ चुक्ला । कुनै स्थानीय तहमा । कहीँ अर्को दल चुक्ला । त्यो बेलामा निर्वाचन आयोगले हामीलाई प्रश्न पनि औँल्याउँछ । हामीले त्यसलाई करेक्शन गर्दै जानुपर्छ । तर अहिले जे विषयमा देशको प्रधानमन्त्री भइसकेको आदरणीय व्यक्तित्व कमरेडकेपी ओलीजीले बोल्नुभयो त्यो नबोल्नुपर्ने थियो । उहाँको आहोदाबाट, उहाँको उचाईको मर्यादाबाट उहाँले बोलिरहनु पर्ने विषय थिएन । उहाँले भनिदिनु भयो कि, निर्वाचन आयोगले हरियो रङको मतपत्र किन बनायो ? भनेर उहाँले हरियो सरियो मानिदैन भन्ने ल्याङ्ग्वेज गरेर बोल्नुभयो । दोस्रो दिन मोरङमा गएर उहाँले के बोलिदिनु भयो भने यो नेपाली काँग्रेस पार्टीलाई जिताउनका लागि मतपत्रलाई हरियो बनाइयो । विगतको अलिकति परम्परा हेरिदिएको भए, देशको गरिमामय पदमा पुगिसकेको पूर्व प्रधानमन्त्रीको तहबाट यो खालको अभिव्यक्ति पक्कै आउने थिएन । विगतमा पनि मतपत्रमा हरियो थियो कुनैबेला । कुनैबेला रातो राखियो । कुनैबेला कालो राखिएको थियो । हामीले नै मत हाल्न उभिएका हौँ । मैले भन्दा बढी पटक त उहाँले नै मत व्यक्त गर्नुभयो । त्यसकारण निर्वाचन आयोगले यस बारेमा क्लियर पनि गरिसकेको छ । त्यसकारण कुन रङ राखिएको छ भनेर रङतर्फभन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ । मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔ भनेर म आग्रह गर्न चाहन्छु ।

यो विषयलाई राजनीतिक दलहरुले मतपत्रकै रङ बैजनी हुने कि, रातो हुने कि, हरियो हुने कि, कालो हुने कि भन्ने विषयको लेबलमा हामी ओर्लिएर बोल्ने नै होइन । तर सम्माननीय पूर्व प्रधानमन्त्रीले बोलिसकेपछि नेपाली काँग्रेस पार्टीको तर्फबाट हामीले केही स्पष्टीकरण नै राखेनौँ भने त्यो पनि नमज्जा  हुन्छ । त्यसकारण हाम्रो अपिल र आग्रह निर्वाचन आयोगले मतपत्रको कुन रङ राख्ने भनेर निर्णय गर्नेसम्म स्वतन्त्रता राख्दैन ? उसले विवेक पुर्‍याएको मान्नुपर्दैन ? उसले विगतमा भएका रातो, हरियो, कालो मध्ये कुनै एक रङ राख्दै गर्दा परम्परालाई उसले पालना गरेको होइन ? यो विषयमा प्रवेश गर्नुभन्दा हामी राजनीतिक दल वहस गरौँ । ” उहाँले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरुको समिक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “कमरेड केपी ओलीले ५ वर्षको शासन चलाउँदै गर्दा ३ वर्षमा कति ठिक ढंगले शासन गर्नुभयो । कति दिएका आश्वासन पूरा गर्नुभयो । कति सैद्धान्तिक रुपमा सही कर्म गर्नुभयो । कति स्थिरताका लागि दिएका वचन पूरा गर्नुभयो । हामीमाथि प्रश्न गरौँ न । सैद्धान्तिक वहस गरौँ, वैचारिक वहस गरौँ । समृद्धिको सवालमा वहस गरौँ । मतपत्रमा कालो, हरियो रातो, पहेँलो यस्तो रङको बारेमा वहस गर्ने विषय होइन । सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूलाई यो खालको खुद्रा वहस नभएर जिम्मेवार ढंगको राष्ट्रिय प्रश्नको वहसमा आउन म अपिल गर्दछु ।”

अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाउनु भएको थियो ।