१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या



अ+ अ-

त्रिपोली । लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यस आक्रमणमा परी दुई सैनिक र दुई आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना दुई सदस्य मारिएको पुष्टि गरेको थियो ।

बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक लडाकूले सो आक्रमण गरेको हुनसक्ने सुरक्षा अधिकारहीहरुको दाबी छ ।

मुसलमान समुदायको वर्त अर्थात रम्जानको यस महिनामा इद अल फित्रको पहिलो दिनको तयारी भइरहेको अवस्थामा आक्रमण भएको थियो ।

सिरियाको छिमेकमा रहेको यस देशमा केही वर्षयता सुरक्षाको अवस्था कमजोर रहेको पाइन्छ ।