३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राखौं

रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राखौं
अ+ अ-

ललितपुर । झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आएका कपिल बज्राचार्य ६७ वर्षको भए । उनी २२र२३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आएका छन् ।

बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्छन् । उनले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा विधिमा परिवर्तन आएको छैन । पूजा गर्ने विधि उही र रातो मछिन्द्रनाथलाई खुशी बनाउन सके वर्षा हुने विश्वास पनि उस्तै छ ।

रातो मछिन्द्रनाथको मुख्य जात्रा हुने स्थान पाटन (अहिलेको ललितपुर महानगरपालिका) को संरचनामा भने आकाश–जमीनको परिवर्तन आइसकेको छ । पहिले खेत नै खेतले भरिएको पाटन अहिले घरैघरले भरिएको छ । पहिले पानी परे खेती गर्न पाउने आशा गर्ने किसानका सन्तान अहिले कोही व्यापारी/व्यवसायी त कोही जागीरे छन् । कतिपय रोजगारी वा अध्ययनका लागि विदेशमा छन् ।

अहिले पनि मछिन्द्रनाथका सेवकहरु (गुठीका भाषामा रकमे) मछिन्द्रनाथको जात्रा अघि र जात्राको अवधिभर हुने विभिन्न क्रियाकलापमा सहभागी हुन पाउँदा गर्वको महशुस गर्छन् । धर्म र संस्कृति जोगाउनु उनीहरु आफ्नो अभिभारा सम्झन्छन् । यहाँका दक्ष जनशक्तिले खुबी र कामअनुसार पारिश्रमिक नपाउँदा पनि धेरै दिन देवताको काममा खर्चन्छन् । मीननाथको रथमा बेतले बाँध्दै आएका चिरीकाजी महर्जनलेभने– ‘सिङ्गो ललितपुरको इतिहास जोगाउन पाउँदा गर्व लाग्छ ।’

समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरीकामा भने परिवर्तन आउँदै छ । मछिन्द्रनाथको जात्रामा गरिँदै आइएको परम्परा खुम्चने हो कि भन्ने चिन्ता स्थानीयवासी र मछिन्द्रनाथको अध्ययन अनुसन्धान गर्दै आएकाहरुलाई छ । ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिन वा भोलिपल्ट पुल्चोकमै रहेको मण्डप पाटीसम्म रथलाई लग्ने गरेको स्मरण गर्छन् । उनले भने– ‘मलाई याद हुँदासम्म पनि कहिले रथारोहण भएकै दिन त कहिले भोलिपल्ट मण्डप पाटीसम्म रथ लगिन्थ्यो ।’

चार दशक पहिलेदेखि साङ्केतिक रुपमा मात्रै रथलाई पाटीसम्म पु¥याउने गरिएको छ । पञ्चसूत्र धागोलाई साङ्केतिक रुपमा तान्ने गरिएको छ । साङ्केतिक रुपमा रथ तान्दा मितव्ययी हुने भएपनि संस्कृतिको निरन्तरता नहुने उनले औँल्याए । उनले भने– ‘एक–दुई वटा प्रचलन गर्दै कतै रथ तान्दा नै खर्चिलो भयो भनेर साङ्केतिक रुपमा मात्रै तानिन्छ कि भन्ने चिन्ता छ ।’

मछिन्द्रनाथको सम्पत्ति प्रशस्त भएकाले कुनै पनि विधि कटौती गर्न नहुने जोशीको सुझाव छ । उनका अनुसार अहिलेसम्म मछिन्द्रनाथ गुठीका नाममा भएका सबै सम्पत्तिको यकिन विवरण समेत गुठीसँग छैन । मछिन्द्रनाथको सम्पत्तिको खोजी गरेर भएका सबै प्रचलन जस्ताको तस्तै गर्नुपर्ने उनको सुझाव छ ।

रातो मछिन्द्रनाथको जात्रा सञ्चालनका क्रममा दुई पटक साइत हेर्ने गरिएको छ । एक पटक बुङ्गमतीबाट पाटन ल्याउन र अर्को पटक थट्टिटोलबाट जावलाखेल लैजान । यहाँका जोशीहरुले मङ्गलबजारको सो¥हखुट्टे पाटीमा बसेर साइत हेर्ने गरेका छन् । पहिले साइत हेर्ने दिनमा हिरण्यवर्ण महाविहार ९गोल्डेन टेम्पल० बाट ३२ जना गुरुजू सो¥हखुट्टे आइपुग्थे । तीमध्ये १६ जना वरिष्ठ गुरुजू एक÷एक वटा थाममा बस्दथे । उनीहरुले साइत हेर्ने अवधिभर देवताको प्रार्थना गर्थे । अहिले धेरै वर्षदेखि गुरुजूहरु आउन छाडेको जोशीले बताए ।

मछिन्द्रनाथका फरकफरक कामका लागि फरक समुदायका ‘सेवक’ को जिम्मेवारी हुन्छ । उनीहरुको कामको प्रकृति र आवश्यकता अनुसार गुठी संस्थानले दरबन्दी छुट्टाएको छ । अहिले कतिपय रकमे दरबन्दीभन्दा कम मात्रै कार्यरत छन् । गुठीले साइत हेर्न चार ज्योतिषको दरबन्दी कायम गरेको छ । गणक, लेखक, स्रोता र दर्शकको व्यवस्था गुठी संस्थानमा रहेको छ ।

धेरै वर्षदेखि दुई जना मात्रै ज्योतिषले मछिन्द्रनाथको साइत हेर्दै आएका छन् । प्रमुख ज्योतिषको सल्लाहमा अरु दुई जना पनि नियुक्त गर्नुपर्नेमा ज्योतिष दैवज्ञ जोशीको जोड छ । उनले भने– ‘संस्कृतिको निरन्तरताका लागि पहिले जसरी गर्दै आएको हो त्यसैगरी गर्नुपर्छ । जति जनाले गर्दै आएको हो अहिले पनि त्यसको निरन्तरता हुनुपर्छ ।’

मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु (प्रारम्भिक जात्रा) र त्यसको भोलिपल्ट मूल जात्रा ९भुज्याः० गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ ।

मछिन्द्रनाथको रथयात्रा हुने ठाउँमा पहिले रथ गुड्न पुग्ने ठिक्कको ‘ट्र्याक’ रहेको यहाँका बूढापाकाले बताउँदै आएका छन् । ‘ट्र्याक’ ले गर्दा रथ ट्र्याकबाट बाहिर जान पाउँदैनथ्यो । रथले घरलाई छुने सम्भावना पनि थिएन । समयअनुसार अहिले यहाँका भौतिक संरचना परिवर्तन भइरहेको छ । पहिलेका ती ट्र्याकहरु अहिले मासिसकेको देख्न सकिन्छ । अहिले जतासुकै सडक कालोपत्रे छ । उनले भने– ‘चार दशक पहिलेदेखि नै ती ट्र्याक हराइसकेका छन् ।’

मछिन्द्रनाथको जात्रा शुरु हुँदा पहिले बुङ्गमतीबाट नै रथमा राखेर पाटन ल्याइन्थ्यो । लामो बाटो हुँदा खर्चिलो र समय बढी लाग्ने भयो । मल्लकालमा नै बा¥ह वर्षमा मात्रै बुङ्गमतीबाट ल्याउँदा रथमा राखेर ल्याउन थालिएको हो । दक्षिणायन हुँदा बुङ्गमती र उत्तरायन हुँदा पाटनमा मछिन्द्रनाथलाई राखिने ज्योतिषी दृष्टिकोणबाट निधो भयो । उनी भन्छन्– ‘उत्तरायनलाई शुभ (देव) महिना र दक्षिणायनलाई (अशुभ) महिना मानिन्छ ।’

बुङ्गमतीबाट पहिले रथ पाटनसम्म ल्याउन कठिन थियो । अप्ठेरो बाटो हुँदा ठाउँठाउँमा रोक्दै ल्याउनुपर्दथ्यो । अहिले सबैतिर सडक राम्रो छ । तैपनि परम्परादेखि रोक्दै आएकाले नख्खु खोलामा पुगेपछि रोकिने गरिएको जोशी बताउँछन् ।

सिङ्गो काठमाडौँ उपत्यकासँगै पाटनको भूगोल पनि बदलिएको छ । पहिले हक नामक खोला बग्ने मङ्गलबजारमा अहिले सवारीसाधनको भीड हुने गर्छ । तर, पहिले जस्तै गरेर खोला तार्ने परम्परा अहिले पनि उस्तै रहेको छ । मछिन्द्रनाथको त्रिलोक भ्रमणअन्तर्गत गाःबहालदेखि सुन्धारासम्मको रथ यात्राका क्रममा हक खोलामा पुग्दा रुमाल वा धोती फेर्न लगाउने गरिएको छ । त्यस दिन रथलाई मङ्गलबजार आसपास राख्ने गरिएको छ ।

‘याकः मिसा भुज्याः’ अर्थात महिलाले रथ तान्ने दिन तामझामका साथ जात्रा हुन्छ । इटिटोलमा रहेको रथलाई महिलाले तानेर थट्टिटोलसम्म पु¥याउँछन् । यो एकल महिलाको जात्रा हो । मछिन्द्रनाथको कीर्तिपुरमा रहेकी प्रेमिकाको स्मरणमा जात्रा मनाउने गरिन्छ । पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुन्छन् ।

उनले भने– ‘रथ यात्राका विभिन्न खालका पक्ष मध्ये यो पनि एक हो ।’ ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता हुँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान ललित रथचक्र, काठमाडौंका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदव सँगसँगैै जानुले पनि जात्रामा काठमाडौं र भक्तपुरवासी जोडिएको देखाउँछ ।

त्यसो त यी तीनै जनाको सम्झनामा रथ यात्रा हुने गर्छ । त्रिलोक भनिने मछिन्द्रनाथको रथयात्रामा पुल्चोकबाट गाःबहालसम्म गुरु बन्धुदत्त बज्राचार्यको, गाःबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाःबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाःबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

पहिले काठमाडौँवासी र भक्तपुरवासी आ–आफ्नो पालामा रथ तान्न आउँथे । अहिले धेरै वर्ष भयो उनीहरुले रथ तान्न छाडेको । ज्यापु समाज यलले नै रथ तान्ने जिम्मेवारी लिएको छ । रथ तान्ने मात्रै नभएर सुरक्षित रुपमा भनिएको ठाउँमा पु¥याउनुपर्ने भएकाले समाजले तान्नु सकारात्मक भएको जोशीले बताए ।

पहिले पहिले रथ तान्ने काम लगाम नभएको घोडा जस्तो थियो । स्थानीयवासी राति अबेरसम्म रथ तान्दथे । पहिले रथ ढल्कने हुँदा दुर्घटनाको डर थियो । समाजले जिम्मेवारी लिएपछि अहिले व्यवस्थित बनेको छ । उनले भने– ‘ज्यापु समाजले तान्न थालेसँगै रथ तान्ने काम व्यवस्थित बनेको छ । अहिले रथ ढल्केको जस्ता अप्रिय कुरा सुन्नु परेको छैन ।’

मछिन्द्रनाथ जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गर्छ । पहिलो दुईरचार महिना कागजी काममै लाग्ने गर्छ । त्यसपछि कार्यालयले आवश्यकताअनुसार रकमेलाई परिचालन गरेर काम अघि बढाउँछ । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ ।

कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका उनीहरु भेटिन्छन् । एकातिर कार्यालयका कर्मचारी ज्याला जिल्लाको दर भन्दा कम नभएको बताउन गरेका छन् भने अर्कातिर रकमे वर्षेनी ज्याला कम भएको गुनासो गर्छन् । त्यति हुँदाहुँदै पनि उनीहरु मन लगाएर काम गर्छन् । समयमै र तिथिअनुसार सबै काम हुने गरेको छ ।

गुठी संस्थान ललितपरका प्रमुख शैलेन्द्र पौडेलले रकमेको व्यवस्था गर्न गा¥हो भएको बताए । पहिले खेती किसानी गर्ने हुँदा स्थानीयवासी सजिलै समय निकाल्थे अहिले उनीहरु अरु पेशामा लागेकाले समय निकाल्न मुश्किल छ । तैपनि उनीहरुले गर्नुपर्ने काम गरिरहेका छन् । उनले भने– ‘उहाँहरु धेरैले देवताको काम गर्न पाएँ भनेर गर्व गर्ने गर्छन् ।’

यस वर्ष आगामी आइतबार (वैशाख २६) मा जावलाखेलमा भोटो देखाइँदैछ । रथलाई लगनखेलबाट जावलाखेल लगेको चौथो दिन भोटो देखाउने गरिएको छ । भोटो जात्रा हेर्न राष्ट्र प्रमुख जावलाखेल आउने परम्परा छ । सरकारले जात्राका दिन सार्वजनिक बिदा दिँदै आएको छ ।