२३ पुष २०८१, मंगलवार
,
Latest
खुम्बु क्षेत्रमा उडान गर्न पाइने एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच वैज्ञानिक सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराको स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका चारसहित सात जना घाइते



अ+ अ-
सांकेतिक तस्वीर

सिमरा । बाराको स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका चारसहित सात जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारका स्थानीय सुकुमाया ब्लोनको घरमा शुक्रबार बिहान करिब सात बजे सिलिण्डर ग्यास लिक भएर आगोमा लागेको हो ।

इलाका प्रहरी कार्यालय, सिमराका अनुसार आगलागीमा परी स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया, ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ घाइते भएका छन् ।

उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ ।