१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकत्व ग्रहण खोक्रो चर्चाको लागि मात्रै, प्रधानमन्त्री नै बिर्सिन्छन् दायित्व



अ+ अ-

मुगु । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् ।

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।