१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुट्नेलाई कानून नै लाग्दैन, दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुसी



अ+ अ-

काठमाडौं । बजेट पूर्व कायम भएको दैनिक उपभोग्य बस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरुले विभिन्न बाहानामा अत्याबश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकेका थिए ।

दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो ।

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो ।

व्यापारीले एकलौटी रुपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।