१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा सर्प बढि सक्रिय हुन्छन्, विषालु सर्पले टोके के गर्ने ?



अ+ अ-

काठमाडौं । गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ। पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प कम विषालु हुने र टोकीहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले पनि धेरै हात्तिनु नहुने चिकिक्सकको सुझाब छ।

चिकित्सकका अनुसार धेरैजसो बिरामी सर्पको विषयले भन्दा पनि सर्पले टोक्यो भनेर आत्तिनेक्रममा बेहोस हुने गरेका घटना धेरै छन्। टोकी हाले पनि सबै सर्पले विष छोड्न भ्याएका हुँदैनन्।

पहाडी सर्पले टोक्दा ज्यान नगए पनि टोकेको अंगका लागि भने खतरनाक हुनसक्ने भएकाले टोकेपछि विभिन्न तरिकारले सतर्क हुनुपर्छ। तराईका सर्पहरु भने विषालु हुने भएकाले विष नफैलिँदै छिटोभन्दा छिटो उपचार गर्नुपर्छ।

सर्पले टोकेमा आत्तिनुको सट्टा टोकेको भागमा खेलाडीले प्रयोग गर्ने स्पोर्ट ब्यान्डेज हल्का बाँध्नु पर्छ। ्हलचल गर्दा शरीरमा विष फैलने भएकाले बिरामी हलचल नगरी बस्नुपर्छ। सर्पले टोकेपछि आफूखुसी कुनै औषधि प्रयोग गर्नु हुँदैन।

तुरुन्तै हल्का ब्यान्डेज बाँधी छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ। सर्पले टोकेको भाग नजिक धेरै कसिलो बाँध्न नहुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसन्धान संयोजक डा। शेरबहादुर पुन बताउँछन्।

बेस्सरी कसेमा पछि गएर रगत बहने प्रक्रियामा असर पर्छ। कतिपय अबस्थामा आन्तरिक तथा बाह्य रुपमा रक्तश्राव हुने, फोका पर्ने जस्ता समस्या देखिन्छन्। रगत सञ्चालन हुन नपाएको भागका कोष नष्ट हुन गई अंगसमेत काट्नुपर्ने अबस्था आउन सक्छ। यो जानकारीबारे समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।