१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा महाधिवेशन छिटो गर्न दबाब



अ+ अ-

काठमाडौं । सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् ।

काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन् ।

पार्टी विधानलाई संघीय संरचनाअनुसार तयार गरेको काँग्रेसले आसन्न १४औँ महाधिवेशनको पूर्व तयारीस्वरूप यो अभियान सुरु गरेको हो । देशका ७७ वटै जिल्ला सदुरमकामबाट अभियान सुरु भएको र अभियान स्थानीय तहसम्म पुगेर पुनः जिल्लामा आएर शनिबार समापन गरिएको जानकारी दिइएको छ ।

निर्वाचनपछि पहिलो पटक ७७ वटै जिल्लाको प्रायः सबै स्थानीय तहमा भएका जागरण अभियानमा जिल्लास्तरका नेता तथा कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य हुनुपर्ने र पार्टीका संरचनाहरू छिटो तयार हुनुपर्नेमा जोड दिएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।