१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ज्वालामुखी विस्फोट अपडेट : मृत्यु हुनेको संख्या ४३ पुग्यो



अ+ अ-

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । 

ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारी बताउनुभएको छ । 

अपडेट : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३९ को मृत्यु

अपडेट : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । 

प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ ।    जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।  (रासस-एएफपी)

इन्डोनेशियामा भीषण ज्वालामुखी : कम्तीमा १३ को मृत्यु