३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सदरमुकाममै खानेपानीको हाहाकार

सदरमुकाममै खानेपानीको हाहाकार
अ+ अ-

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । बडिमालिका नगरपालिकाले खानेपानी समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको हो ।

खानेपानीको हाहाकार भएपछि सदरमुकाम मार्तडीमा बसोबास गर्ने करीब १७ हजारभन्दा बढी जनसङ्ख्या शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका छन् । बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नकै लागि करोडौँ खर्च गरिसकेको छ तर पनि शुद्ध खानेपानी भने सदरमुकामवासीले पर्याप्त मात्रामा उपभोग गर्न नपाएको स्थानीयवासी बुद्धि बोगटीले बताउनुभयो ।

सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएपछि एक गाग्री पानी ल्याउन यहाँका स्थानीयवासीले घण्टौँसम्म समय बिताउनुपर्दा घरमा गर्नुपर्ने अन्य कामधन्दा गर्नका लागि निकै नै कठिनाइ हुने र यसले खासगरी यहाँका महिला र बालबालिकाको कार्यबोझ बढाएको बोगटीको भनाइ छ । बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक सूर्यकिरण विकले सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्तभित्र व्यवस्थापन गरिने बताउनुभयो । केही दिनयता खानेपानीको आंशिक अभाव देखिए पनि छिट्टै सदरमुकामवासीले पर्याप्त मात्रामा खानेपानी उपभोग गर्न पाउने विकको भनाइ छ ।

सदरमुकाम मार्तडी बडिमालिका नगरपालिकाको ८ र ९ नं वडा पर्दछ । बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार खानेपानी उपभोग गर्नका लागि सदरमुकाम मार्तडीमा सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासी गरी झण्डै ४०० भन्दा बढी ग्राहक बनेका छन् । सदरमुकाम भएकै कारण मार्तडीको जनसङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने बडिमालिका नगरपालिकालाई सदरमुकाम मार्तडीमा खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउन कठिनाइ हुने देखिएको छ । पछिल्लो समयमा खडेरीका कारण खानेपानीका मुहानहरु दिनप्रतिदिन सुक्दै गएपछि जिल्लाका अधिकांश ठाउँमा खानेपानीको चरम अभाव हुँदै आएको छ ।