१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस्तो पार्टीको नाम त्यस्तै काम ! विद्यालय बन्द गराए बिहेभोज



अ+ अ-

महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ। गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो।

विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको। पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए। गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो ।

ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए। ‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ। त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने। लक्ष्मी महतो, नरेश सिंह, कपलेश्वर सिंह, शलाम शेकले विद्यालयलाई जग्गा दिएको उनले बताए।

कक्षाकोठा र कम्पाउन्डमा साँझसम्म भोज खानेको आउजाउ चलिरह्यो। कक्षाकोठा र बच्चा बसेर पढ्ने डेक्स र बेन्च भोजको जुठोले फोहर छ। चपाकलमा पानी खाएर प्लास्टिकका गिलास फ्याँकिएका छन्। विद्यालय परिसर फोहर भएकाले बुधबार पनि पठनपाठन प्रभावित हुने निश्चित रहेको समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।