१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ नेपाली र ४ विदेशीद्वारा झुटो विवरण पेस गरी सगरमाथा चढेको दाबी



अ+ अ-

काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ। पर्यटन विभागकी निर्देशक मीरा अचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एडभेन्चर प्राइभेट लिभिटेडबाट गएकामध्ये नौ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए।

विभागमा उजुरी परेपछि छानबिन गर्दा उनीहरू सगरमाथा आरोहण नगरेको पाइएको आचार्यले बताइन्। झुटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन्। पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ।

यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत तोकिएको थियो। तर उनी आधार शिविरमा एकदिन मात्रै बसेर काठमाडौं फर्किएका थिए। उनी स्वास्थ्यमा समस्या आएको भन्दै आधारशिविरबाट फर्किएका थिए। ‘मलाई फोनबाट सगरमाथा आरोहण गरेर फर्कियौँ भनी टिपाए’, रेग्मीले भने, ‘मेरो जिम्मामा रहेका १० मध्ये एकजनाले मात्र चढेका रहेछन्। अरुले नचढेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।