१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा रोकेर ‘तोकसेवा’



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार एक सय ६१ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेपछि संसद्को राज्य व्यवस्था समितिले गत शुक्रबार (२४ गते) सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई छलफलका लागि बोलायो । समिति सभापति शशि श्रेष्ठले अघिल्लै दिन (२३ गते) मन्त्री पण्डितसँग लोकसेवा विज्ञापनबारे छलफल गर्नुपर्ने प्रस्ताव गरिन् ।

मन्त्री पण्डितले २५ गतेपछि आफूलाई फुर्सद हुने र त्यसपछि मात्र समिति बैठक बस्ने सभापति श्रेष्ठसँग आग्रह गरे ।

सभापति श्रेष्ठले भोलिपल्टै समिति बेठक बोलाइन् । मन्त्री पण्डित अनुपस्थित भएको भन्दै सत्तासीन नेकपाकै सांसदले मन्त्रीको उछित्तो काढे ।

समितिमा सत्तासीन नेकपाभित्रै दुई धार देखियो । पूर्वमाओवादी सम्बद्ध सांसदले लोकसेवाको विज्ञापन रोक्नुपर्ने अडान राखे भने पूर्वएमाले विज्ञापनप्रति नरम देखिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।