१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरीहरू यौनहिंसाको उच्च जोखिममा



अ+ अ-

काठमाडौं । समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित गर्भपतन गर्ने जस्ता घटना एकपछि अर्को बाहिरिने क्रम जारी छ ।

जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको देखेर वीरगन्ज नाकास्थित शंकराचार्यद्वारनजिक रहेका सुरक्षाकर्मी र माइती नेपालका स्वयमसेवीले शंका गरे। रोकेर सोधपुछ गर्दा ती किशोरीले साथीसँग पारि जान थालेको बताइन्। छिमेकी गाउँका १९ बर्से केटा नेपाल–भारत जोड्ने मितेरी पुलमा ती किशोरीलाई पर्खिरहेका थिए। ती केटाले भगाएर किशोरीलाई भारततिर लैजान लागेका थिए । किशोरीले घरको दराजबाट झिकेर ल्याएको पचास हजार रुपैयाँ पनि साथमै थियो।

‘हामीले अभिभावकको जिम्मा लगाएर पठाएका छौं, कलिलो उमेरमै जोखिमपूर्ण बाटोमा जान लागेकी रहिछन् उनी,’ माइती नेपालको वीरगन्जस्थित कार्यालय प्रमुख संगीता पुरीले भनिन्, ‘यो संवेदनशील उमेर हो, बाबुआमाले ध्यान पुर्याउन नसक्दा वा गलत संगतको प्रभाव पर्दा किशोरीहरू कुबाटो र जोखिममा परिरहेका छन् ।’ पारिवारिक वातावरण बिथोलिँदा पनि किशोरीहरू जोखिममा परेका थुप्रै घटना रहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।