१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आउने हवाईको भाडा अत्यधिक महँगो किन ?



अ+ अ-

काठमाडौं । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । तर, नेपाल आउने हवाई भाडा अत्यन्त महँगो भएकाले पर्यटक सस्तो गन्तव्यतर्फ मोडिने गरेका छन् । संसारकै जुनसुकै स्थानबाट छिमेकी भारतको दिल्लीको तुलनमा काठमाडौं आउने यात्रुले डेढ गुणासम्म बढी भाडा तिर्नुपरिरहको छ । महँगो हवाई भाडाकै कारण नेपाली पर्यटन बजार प्रभावित बनेको छ ।

यस कारण भाडा महँगो ?
१. हवाई इन्धन नै प्रतिलिटर भारत भन्दा ३९ रुपैयाँ महँगो

हवाई भाडामा इन्धनको हिस्सा ४० प्रतिशत हुन्छ । नेपालमा हवाई इन्धनको मूल्य उच्च भएकाले भाडा पनि महँगो भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बताउँछन् ।

२. टर्मिनल एयरर्पोट, ग्राउन्ड ह्यान्डलिङ शुल्क उच्च
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्मिनल हो, अर्थात कुनै पनि क्षेत्रबाट आउने विमानका लागि यो अन्तिम गन्तव्य । यस्ता विमानस्थलमा भाडादर महँगो हुने विज्ञहरु बताउँछन् ।

३. कमजोर राष्ट्रिय ध्वजाबाहक
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका सेवा भरपर्दो नभएको र क्षेत्र विस्तार गर्न नसकेकोले पनि भाडा महँगो हुन गएको केही व्यवसायीको बुझाइ छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।