१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट सुर्खेतमा ‘पहिचान दैनिक’का सम्पादकको मृत्यु



अ+ अ-

सुर्खेत । टिपरको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा र्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक तथा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दबहादुर गेलाङ रहेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गेलाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले बताए ।

घटनापछि टिपर चालक फरार रहेको प्रहरी निरीक्षक चौलागाईँले बताए । प्रहरीले चालकको खोजी गरिरहेको बताएको छ ।