१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सेभ द स्कुल’को नाममा ठगी गरेको आरोपमा बाराबाट एकजना पक्राउ



अ+ अ-

वीरगञ्ज । ‘सेभ द स्कुल’को नाममा ठगी गरेको आरोपमा बाराबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–२ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमार रहेका छन् ।

वीरेन्द्रले बारा जिल्लाको कोल्हवी क्षेत्र अन्र्तगत सञ्चालनमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग ‘सेभ द स्कुल’को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाइ रकम उठाउँदै ठगी गरेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक चन्द्र किशोर साहले बताए ।

इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले वीरेन्द्रलाई बाराकै कोल्हबी नगरपालिका३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अगाडिबाट २७ गते सोमबार पक्राउ गरेको थियो ।

उनको साथबाट रकम उठाउन प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको १ थान र ‘विद्यालय बचाउ अभियान’ लेखिएको २ थान रसिदको ठेलीसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।

ठगी मुद्धामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।