४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न आग्रह

मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न आग्रह
अ+ अ-

काठमाडौँ । ‘मर्यादित जीवन, स्वच्छ महिनावारी’ का सवाललाई सचेतना अभियानका रुपमा सञ्चालन गर्ने ध्येयले निर्मित वृत्तचित्रको आज कानून निर्माता, कार्यान्वयनकर्ता र अधिकारकर्मीका बीच प्रदर्शनी गरिएको छ ।
     
ग्लोबल एक्सन नेपाल र ‘डिग्निटी विथआउट ड्याञ्जर’को सहकार्यमा संयुक्त राज्य अमेरिकाको पिचवर्ग विश्वविद्यालय र बेलायतको जोन मोर विश्वविद्यालयको सहयोगमा निर्मित सो ३७ मिनेटको वृत्तचित्रमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा देखिने विभेदपूर्ण छाउपडी प्रथाका कथाव्यथालाई प्रस्तुत गरिएको छ । निर्मला भट्ट निर्देशित वृत्तचित्रमा ११ जना महिलाले पात्र र प्रवृत्तिलाई प्रस्तुत गर्दै विगतको कुसंस्कारका रुपमा रहेको छाउपडी र त्यसमा आएको सचेतना तथा सुधारका पक्षलाई उजागार गरिएको छ । 

उक्त वृत्तचित्रलाई प्राप्त सुझावका आधारमा परिमार्जन गरी राष्ट्रव्यापीरुपमा सम्प्रेषण गरिने ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले माध्यमिक तहका पाठ्यक्रममा मर्यादित महिनावारीबारे उल्लेख भए पनि शिक्षकलाई थप सहजीकरण आवश्यक भएको बताउनुभयो ।
     
वृत्तचित्र अवलोकनपछि सांसद नरबहादुर धाँमी, वाग्मती प्रदेशसभा सदस्य माधव पौडेल, जीवन खड्का, प्रदेश नं १ का सभासदस्य उत्तम बस्नेत र बुद्धीकुमार रायमाझी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्साल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा शालिकराम धिताल, कञ्चनपुरको वेद नगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र विकलगायतले मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुले विकास साझेदारले सहयोग गरेमा मात्रै चेतनामूलक कार्य हुने स्थितिको अन्त्य गरी यसलाई जीवनपद्धतिकै रुपमा अँगाल्न आग्रह गर्नुभयो । (रासस)