६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीको शान्ति प्रक्रिया नयाँ चरणमा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि अवसर प्रदान गरेको चर्चा गर्दै आगामी ६ देखि १२ महिनाभित्रै शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

माली सरकारले सन् २०१२ यता निकै संवेदनशील परिस्थितिको सामना गरेको भएपनि मुलुकको स्थायित्वका लागि निरन्तर पहल गरेको छ । यसबीचमा एउटा सैनिक विद्रोह, सरकारी फौज र टुआरेज विद्रोहीबीच सशस्त्र संघर्ष पुनः आरम्भ तथा उत्तरी ठूलो भूभागमा अतिवादीहरुले कब्जा गर्नेजस्ता ठूला घटना भएको थिए ।


तर गत अप्रिल २२ मा प्रधानमन्त्री बोबु सिस्सेको चयनसँगै प्रमुख दल र विपक्षी दलबीच सम्झौता तथा विभिन्न पक्ष सम्मिलित सर्वपक्षीय सरकारको निर्माणले मुलुकको शान्ति प्रक्रियालाई नयाँ चरणमा प्रवेश गराएको छ ।

उत्तरी मालीमा विकास क्षेत्रको गठन समेतका राजनीतिक र संस्थागत सुधार गरिएको बताउँदै अन्नाडिफले शान्ति सम्झौताको मुख्य उद्देश्यका रुपमा रहेको जनतालाई आधारभूत सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धता पूरा हुनेक्रममा रहेको जानकारी दिनुभयो ।

मालीका लागि राष्ट्रसंघीय शान्ति मिसनको समेत नेतृत्व गर्नुभएका अन्नाडिफले राजनीतिक विषयमा सहमति भए पनि मुलुकको सुरक्षा व्यवस्थामा सुधार नै प्रमुख पक्ष रहेको बताउनुभयो ।
मालीका कतिपय भित्री इलाकामा गाउँलेमाथि शृङ्खलाबद्ध आमहत्याका घटना बढ्दै गएपछि सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ ।

राष्ट्रसंघीय मिसनलाई पनि जातीय र आतङ्ककारी हमलाकारीबाट स्थानीयवासीलाई जोगाउन हम्मेहम्मे परेको छ । अन्नाडिफले शान्ति मिसनको कार्यादेशलाई विस्तार गर्न सुरक्षा परिषद समक्ष आग्रह गर्नुभएको छ ।