१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेसलाई प्रचण्डको आग्रह

एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेसलाई प्रचण्डको आग्रह
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक पार्टीहरुले एक्लै हिड्ने अहंकार गर्नु नहुने बताउनुभएको हो । देशको परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी लगायतका लोकतान्त्रिक पार्टीहरुका बीचमा गहिरो एकता हुन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले हालसम्म प्राप्त गरेका राजनीतिक सफलता एकता र गठबन्धनको परिणामस्वरुप प्राप्त भएको उल्लेख गर्दै एक्लै हिड्ने अहंकार गर्न खोज्दा एक्लै हिड्न खोज्नेको ओरालो यात्रा सुरु हुने बताउनुभयो । कांग्रेसले लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा समझदारी कायम गर्ने, सुशासन र विकासको युगतिर लैजाने सन्दर्भमा उचित नीति निर्धारण गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ । उहाँले भन्नुभयो – ‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बिचमा गहिरो एकता हुन जरुरी छ । कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरु एक्लै हिड्ने कुरा गर्नुहुन्छ । एक्लै हिड्नुपर्छ हामीहरु भन्नुहुन्छ । होईन, हामी एक्लै हिड्ने कुरा अहंकार कसैले पनि नगरौँ । हामी मिलेरै हिड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरेपनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजिराख्नै पर्ने हुन्छ । र अहिले हामी जे सफलता भनेका छौँ, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो । ०४६ सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता, या ०६२-०६३ को सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा भएको एकताको परिणाम हो । त्यसकारण एक्लै हिड्ने अहंकार गर्न खोज्दा जसले अहंकार गर्‍यो त्यसको ओरालो यात्रा सुरु भयो भन्नेकुरा नेपालको इतिहासले देखाएको छ । त्यसकारण म तपाईहरुसँग यो ऐतिहासिक महाधिवेशनमार्फत् सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने, मुख्यत्ः लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा समझदारी कायम गर्ने र देशलाई सुशासन र विकासको नयाँ युगतिर लैजाने कुरामा देशको ठुलो पार्टीको नाताले पनि नेपाली कांग्रेसले उचित नीति निर्धारण गरोस् । नेतृत्व निर्धारण गरोस् ।’

अध्यक्ष प्रचण्डले पार्टीहरु सरकारमा जाँदा जनताको अगाडी गरेका प्रतिवद्धता अनुसार व्यवहार गर्न नसकेकाले यसको सम्बन्धमा सबैले आत्मसमिक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीहरु सत्तामा पुगेपछि प्रतिवद्धताबाट विचलित हुने, भ्रष्टाचार रोक्न नसक्ने र विकृति र विसंगतिको शिकार हुने गरेकाले यस विषयमा सबैले खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी सबैले सोच्नुपर्ने एउटा गम्भिर विषय के छ भने हामी एकल पार्टी सत्तामा जाँदा पनि वा संयुक्त रुपले सत्तामा जाँदा पनि हामीले आन्दोलनको बेलामा जनताको अगाडी जे प्रतिज्ञा र प्रतिवद्धता गरेका हुन्छौँ । सत्तामा पुगेपछि हामीले त्यसै अनुसार व्यवहार गर्न सकेका छैनौँ । हामी सबैले आत्मसमिक्षा गर्नुपर्ने विषय छ । एकल पार्टी सत्ता होस् या संयुक्त सरकार होस् । सत्ता सञ्चालनमा जाँदा हामी कहिँ न कहीँ धर्ति छोडेको जस्तो कहीँ न कहीँ आफ्ना ऐतिहासिक राजनीतिक प्रतिज्ञा र प्रतिवद्धता, जनताको अगाडी गरिएका, निर्वाचनको बेलामा गरिएका प्रतिवद्धताबाट विचलित भएका उदाहरणहरु छन् । नेपाली कांग्रेसका सबै नेता साथीहरु, युवा नेताहरु अझ खासगरी सबैले यसको समिक्षा गर्नु जरुरी छ । किन सत्तामा पुगेपछि कहिँ न कहिँ नेतृत्व पंक्ति वा राजनीतिक दलहरु आफ्नो प्रतिज्ञा र प्रतिवद्धताहरु विचलित हुन्छन् । किन जनताले सोचेजस्तो गरी काम गर्न सक्दैनन् । किन सुशासन दिन सक्दैनन् । किन भ्रष्टाचार रोक्न सक्दैनन् । आन्दोलनमा त्यत्रो त्याग, तपस्या र बलिदान गर्न सक्ने पार्टीहरु सत्तामा पुग्दा किन सत्ता लिप्साबाट बिसंगति र विकृतिको शिकार हुन्छन् । मलाई लाग्छ, हामी सबैले खोजि गर्नुपर्ने विषय यही नै छ ।’

उहाँले लोकतन्त्रको निम्ति संघर्ष गरेका राजनीतिक दल र दलका नेताहरुलाई बद्नाम गरेर निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र गर्न लागिएको भन्दै त्यसका विरुद्ध सर्तक रहन जरुरी रहेको पनि बताउनुभयो ।