३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सैनामैनाबाट ३ युवा पक्राउ



अ+ अ-

फाइल फोटो

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी. हृदय थापाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षीय सुरज दर्जी र अर्जुन मुसहर तथा २२ वर्षीय मनिष परियार रहेका छन् । उनीहरुलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरिएको हो ।

सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ परेको एस.पी. थापाले बताए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखेर थप अनुसन्धान भइरहेको छ ।