२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सैनामैनाबाट ३ युवा पक्राउ



अ+ अ-

फाइल फोटो

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी. हृदय थापाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षीय सुरज दर्जी र अर्जुन मुसहर तथा २२ वर्षीय मनिष परियार रहेका छन् । उनीहरुलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरिएको हो ।

सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ परेको एस.पी. थापाले बताए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखेर थप अनुसन्धान भइरहेको छ ।