२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा जेसीबी र अटोओरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । कञ्चनपुरमा जेसीबी र अटोओरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा पाँच जना घाइते भएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाँउमा आज (शुक्रबार) बिहान भएको दुर्घटनामा परी बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका २ देहीमाण्डुका ३८ वर्षीय किशनसिंह बोहरा, कास्की पोखरा पृथ्वीचोककी ३५ वर्षीया बिना रिजाल र भारतीय नागरक ५८ वर्षीय तीलप्रसादको मृत्यु भएको हो।तीनैजनाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा अटो चालक भीमदत्त नगरपालिका ११ का प्रेम थापा, कञ्चनपुरको बेल्डाडी गाउँपालिका ७ का २६ वर्षीय सन्तोस लुहार, मृतक किसनसिंह बोहराकी श्रीमती ३२ वर्षीया लक्ष्मी बोहरा, उनका ३ वर्षीय छोरा र भीमदत्त नगरपालिका १० का जगदिश पार्की रहेका छन् ।

गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको जेसिबी शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बनागाउँमा आपसमा ठोक्किएका हुन्।

घाइतेको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। चालक र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।