३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कञ्चनपुरमा जेसीबी र अटोओरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

कञ्चनपुरमा जेसीबी र अटोओरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु
अ+ अ-

काठमाडौं । कञ्चनपुरमा जेसीबी र अटोओरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा पाँच जना घाइते भएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाँउमा आज (शुक्रबार) बिहान भएको दुर्घटनामा परी बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका २ देहीमाण्डुका ३८ वर्षीय किशनसिंह बोहरा, कास्की पोखरा पृथ्वीचोककी ३५ वर्षीया बिना रिजाल र भारतीय नागरक ५८ वर्षीय तीलप्रसादको मृत्यु भएको हो।तीनैजनाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा अटो चालक भीमदत्त नगरपालिका ११ का प्रेम थापा, कञ्चनपुरको बेल्डाडी गाउँपालिका ७ का २६ वर्षीय सन्तोस लुहार, मृतक किसनसिंह बोहराकी श्रीमती ३२ वर्षीया लक्ष्मी बोहरा, उनका ३ वर्षीय छोरा र भीमदत्त नगरपालिका १० का जगदिश पार्की रहेका छन् ।

गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको जेसिबी शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बनागाउँमा आपसमा ठोक्किएका हुन्।

घाइतेको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। चालक र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।