१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मलाई जिताउनुस्, तिनै तहको निर्वाचन जिताउने जिम्मा मेरो भयोः सभापति देउवा (भिडियो सहित)

मलाई जिताउनुस्, तिनै तहको निर्वाचन जिताउने जिम्मा मेरो भयोः सभापति देउवा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । 

प्रधानमन्त्री देउवाले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन प्रतिनिधिहरुले आफूलाई सभापति बनाउनुपर्ने तर्क समेत गर्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित पार्टीको १४ औं महाधिवेशनमा बोल्दै उहाँले आफू प्रधानमन्त्री बन्ने वित्तिकै मुलुक भएमुक्त भएको उल्लेख गर्दै त्यसलाई बचाउन पनि महाधिवेशनले आफूलाई पुनः सभापतिमा विजयी बनाउनुपर्ने बताउनु भयो । 

मुलुकमा अव कुनै पनि किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि पनि आफू नेतृत्वको काँग्रेस सरकारलाई निरन्तरता दिने गरी काँग्रेस महाधिवेशनले आवश्यक निर्णय गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु भने–जुन दिन मेरो सरकार बन्यो । त्यो भन्दा अगाडिको दिन हेर्नुस । कस्तो थियो–डर त्रास । देशभरी कस्तो अवस्था थियो ? र म प्रधानमन्त्री भएको भोलीपल्टै सारा मानिसहरुलाई मुक्ति पाएजस्तो भयो । साना मानिसहरुले ओलीको शासनबाट मुुक्ति पाए । त्यस्तो अवस्था थियो । त्यस्तो अवस्थाबाट अव हाम्रो अगाडि त्यो मुक्ति जो पाएका छौं–त्यसलाई बचाउने हो कि नबचाउने हो ? बचाउने हो । त्यसका लागि यो महाधिवेशनले तय गर्छ । यो महाधिवेशनले डर, त्रासबाट मुक्त समाज, फेरी अव कुनै पनि तानाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा आउँदो सरकार काँग्रेसको हुन्छ । गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’

प्रधानमन्त्री देउवाले काँग्रेसको आन्तरिक निर्वाचनको प्रतिस्पर्धाले आगामी निर्वाचनमा असर पर्न नदिन पनि सचेत हुन महाधिवेशनका सबै प्रतिनिधिहरुलाई अनुरोध गर्नु भयो । उहाँले आगामी निर्वाचनपछि पनि काँग्रेसले नै सरकार बनाउने गरी पार्टीका साथीहरु मिलेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘त्यसकारण साथीहरु, मैले धेरै भन्ने कुरा छैन । त्यसकारण चाँही देशभरी जो तपाईहरु अधिवेशनमा आउनु भएको छ । कही सहमतीले आउनु भयो होला । कहीँ प्रतिस्पर्धा पनि भयो होला । तर प्रतिस्पर्धाबाट कुनै पनि किसिमको मनमुटाव, मनोमालिन्यताबाट मुक्त हुनुपर्ने अवस्था छ । 

किनभने भोली स्थानीय तहको चुनाव आउँछ । माथिको तहको चुनाव आउँछ । यो अहिलेको हाम्रो आन्तरिक निर्वाचनले नै हाम्रो स्थानीय निर्वाचनमा, फेरी आउने राष्ट्रिय निर्वाचनमा कुनै किसिमको समस्या नआओस् भन्नका लागि हामीले अहिले देखिनै हामीले सबै साथीभाईहरुलाई मिलेर अगाडि बढाउनुछ । र यसका लागि म के भन्न चाहन्छु भने–काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि एक पटक मलाई जिताई दिनुहोस् । म कुनै पनि हालतमा यो डरत्रास मुक्त शासन ल्याएर छाडिन्छ । नेपालमा डरत्रासमुक्त शासन ल्याईन्छ । ओलीजस्ता कुनै पनि डरत्रासको शासनबाट मुक्त गरेर डर त्रासबाट मुक्त शासन बनाएर नेपालमा काँग्रेसको सरकार बनाउछु, बनाउछु, बनाउछु, तपाईहरु मलाई साथ दिनुहोस् ।’

सभापति देउवाले महाधिवेशनमा हुने प्रतिस्पर्धाले पार्टीका साथीहरुबीच मनमुटावको स्थिति आए त्यसले आगामी निर्वाचनमा नकारात्मक असर पार्ने पनि स्पष्ट पार्नु भयो ।