३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ, छ लाखभन्दा बढी नगद बरामद



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले जेठ महिनामा मात्रै काठमाडौंबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ ।

आइतवार प्रहरी परिसरले पत्रकार सम्मेलन गरी विभिन्न सार्वजनिक सवारी साधनमा चोरीको घटनामा संलग्न ८२ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका सबैले सार्वजनिक यातायातमा विभिन्न कोड भाषा प्रयोग गरी पाकेट मार्ने गरेको जनाएको छ ।

”सार्वजनिक बसहरूमा पैसा भएको यात्रु पत्ता लगाइ अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाइ मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेट मारी पालोपालो गरी ओर्लने देखियो”, प्रवक्ता होविन्द्र बोगटीले भने ।

पक्राउ पर्नेहरूमा ७८ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरूबाट छ लाखभन्दा बढी नगद, २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक महिना लामो अभियान सञ्चालन गरी पाकेटमारहरू नियन्त्रणमा लिएको कार्कीले बताए ।