२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ, छ लाखभन्दा बढी नगद बरामद



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले जेठ महिनामा मात्रै काठमाडौंबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ ।

आइतवार प्रहरी परिसरले पत्रकार सम्मेलन गरी विभिन्न सार्वजनिक सवारी साधनमा चोरीको घटनामा संलग्न ८२ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका सबैले सार्वजनिक यातायातमा विभिन्न कोड भाषा प्रयोग गरी पाकेट मार्ने गरेको जनाएको छ ।

”सार्वजनिक बसहरूमा पैसा भएको यात्रु पत्ता लगाइ अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाइ मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेट मारी पालोपालो गरी ओर्लने देखियो”, प्रवक्ता होविन्द्र बोगटीले भने ।

पक्राउ पर्नेहरूमा ७८ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरूबाट छ लाखभन्दा बढी नगद, २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक महिना लामो अभियान सञ्चालन गरी पाकेटमारहरू नियन्त्रणमा लिएको कार्कीले बताए ।