३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइस दिनदेखि बालक बेपत्ता



अ+ अ-

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीय बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् ।

बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गरिन् । ‘घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन बसेको थिएन, कतै जानु परे पनि सोधेर हिड्थ्यो’ आमा विकले भनिन्, ‘तर अहिले घरमा केही नभनिकन कहाँ गएको हो, कुनै अत्तोपत्तो छैन ।’

बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको आमा विकले बताइन् ।

‘छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर डुल्ने काम भइरहेको छ’ आमा विकले भनिन्, ‘छोराको चिन्ताले रुँदै बस्दै गरेकी छु ।’