१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइस दिनदेखि बालक बेपत्ता



अ+ अ-

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीय बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् ।

बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गरिन् । ‘घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन बसेको थिएन, कतै जानु परे पनि सोधेर हिड्थ्यो’ आमा विकले भनिन्, ‘तर अहिले घरमा केही नभनिकन कहाँ गएको हो, कुनै अत्तोपत्तो छैन ।’

बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको आमा विकले बताइन् ।

‘छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर डुल्ने काम भइरहेको छ’ आमा विकले भनिन्, ‘छोराको चिन्ताले रुँदै बस्दै गरेकी छु ।’