३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने



अ+ अ-

काठमाडौं । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् ।

स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिनुभयो । काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका ती रिामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरिरहनुभएका सांसद रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको रु एक लाख ३० हजार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गृह मन्त्रालयबाट स्वीकृत गराएर उपलब्ध गराइएको बताउनुभयो ।


उहाँले अस्पतालमा रहेका तीन बिरामीको पनि उपचार जारी रहेको र उनीहरुको खर्चको विवरण पछि आउने जानकारी दिनुभयो ।