२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।

उपचारकै क्रममा मृत्यु भएको डीएसपी प्रसाईंले बताए । मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम सुरु हुनेछ । त्यसपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ ।

घटनाको विभिन्न पाटोबाट विस्तृत अनुसन्धान भइरहेको प्रसाईंले बताए ।