१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्छ : नेता तुलाधर



अ+ अ-

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताउनु भएको छ । 

बिहीवार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताउनु भएको हो । उहाँले गठबन्धनमा नेपाली काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताउनु भयो । नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताउनु भयो । उहाँले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाउनु भयो । नेता तुलाधरले नेपाली काँग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताउनु भयो ।

नेता तुलाधरले भन्नुभयो, ‘गठबन्धनमा आवद्ध दलमध्ये नेपाली काँग्रेस प्रमुख दल हो । नेपाली काँग्रेसको इच्छा भएन भने नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्न पनि सक्छ । त्यो कुरा स्वयं नेपाली काँग्रेसलाई संस्थागत रुपमा भन्ने हो भने घाटा पनि हुनसक्छ । स्वयं नेपाली काँग्रेसभित्रको शीर्ष नेतृत्व पंक्तिले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताहरुले उत्ताउलो बोल्ने जुन गरिरहनु भएको छ, त्यो सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ । नेपाली काँग्रेसभित्र पनि त्यो कुरा छ । नेपाली काँग्रेसभित्र हिजो आन्तरिक चुनाव, महाधिवेशनमा चुनाव जित्नका लागि पनि त्यस्ता चर्को नारा, चर्को कुराहरु, उत्ताउलो कुराहरु अर्कालाई खसाल्ने कुरा, अर्काको आलोचना गर्ने कुराहरु, अर्कालाई उडाउने कुराहरु गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट उहाँहरु ग्रसित हुनुहुन्थ्यो । तिनै मनोविज्ञानबाट ग्रसित केही नेताहरु अब भोलिको चुनावमा आफ्नो पक्षहरुको पल्लाभारी गर्नका निम्ति यो कुरा गरिरहेको जस्तो लाग्छ । समग्रमा नेपाली काँग्रेसलाई म दोष दिन्न । नेपाली काँग्रेसको मुल नेतृत्व, संस्थापन पक्ष, सभापति लगायतका शीर्ष नेताहरु गठबन्धन कायम नै गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ । उहाँहरुलाई थाहा छ, गठबन्धन नेपाली काँग्रेसका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ ।’

नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताउनु भयो । नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रिय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताउनु भयो ।