• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ



भैरहवा । भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले एक थान पेस्तोल र पेस्तोलमा लाग्ने १६ राउण्ड गोली बरामद भएको जनाएको छ ।

प्रहरीका अनुसार उनी भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । सोही क्रममा चेकजाँज गर्दा हतियार र गोली बरामद भएको हो ।