• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

ठगी नेपालमा, कम्पनी भारतमा : नेटवर्किङमा फसाइँदै सयौं युवा



काठमाडौं । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए ।

त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए ।

त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्याएर अरुलाई सदस्य बनाउने ।

दुर्गासिंह भने गोरखपुरको कुडाघाटास्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।