२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले लियो यस्तो एक्सन, पार्टी कार्यकर्तामा खुसीयाली



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेद्वार दिने र तिनका प्रस्तावक तथा सर्मथकलाई साधरण सदस्यतासमेत नरहने गरी हटाएको छ । चुनावमा अन्तर्घात गरेका आरोपमा २५ जिल्लाका १८३ जनालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएकाले पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

सबैभन्दा बढी तराईका जिल्लाबाट निष्कासित

पार्टीबाट निष्कासित हुने नेता तथा कार्यकर्तामा सबैभन्दा बढी तराई–मधेसका जिल्लाका छन् । जसमा पर्साबाट ३२, दाङ र रुपन्देहीबाट २२–२२, बाँकेबाट ११, चितवनबाट १३, धनुषाबाट १०, झापाबाट ७ जना छन् । यस्तै, कम निष्कासन हुनेमा संखुवासभा, रसुवा, पाँचथर, मोरङ, नवलपरासी, कास्की रहेका छन् ।

यी जिल्लाबाट एक–एक जना मात्र निष्कासित भएका छन् । इलामबाट ४, कैलाली, रौतहट र सिराहाबाट २–२, कपिलवस्तु, सुनसरी र बाराबाट ३–३, पाल्पा ४, सुनसरी ३, लम्जुङबाट ५ जना निष्कासनमा परेका छन् । काठमाडौंबाट १५, ललितपुरबाट ९ र ओखलढुंगाबाट ८ जना निष्कासनमा परेका छन् ।

लोकतान्त्रिक फोरमबाट उम्मेदवार बन्नेसमेत निष्कासनमा
कांग्रेससँग एकीकरण गरेको तत्कालीन लोकतान्त्रिक फोरमतर्फबाट उम्मेदवार बनेको भन्दै २ जना निष्कासित भएका छन् । पर्साको पटेर्वा सुगौला गाउँपालिका ५ नम्बर वडाबाट फोरम लोकतान्त्रिकको उम्मेदवार बनेका कांग्रेस कार्यकर्ता वैजनाथ प्रसाद महतोलाई पनि निष्कासन गरिएको छ ।

त्यस्तै, बाँकेको जानकी गाउँपालिका वडा १ को अध्यक्षमा लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेको भन्दै एनुलहक खाँलाई पनि निष्कासन गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै