• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

सभापति देउवालाई जोशीले दिए काउन्टर, के गर्लान देउवा ?



काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताउनुभएको हो ।

नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख गर्नुभयो । “अधिकार सम्पन्न स्थानीय तह हुनुपर्ने आवाज उठाउने आचार्य मुलुकलाई विकेन्द्रीकरणको माध्यमबाट विकास गर्नुपर्ने धारणा राख्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । गुठी विधेयक फिर्ताभन्दा पनि खारेज हुुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले तारकेश्वर क्षेत्रको विकासका लागि स्व आचार्यको त्याग, समर्पण तथा योगदान महत्वपूर्ण रहेको बताउनुभयो । “हामी फरक पार्टीमा भए पनि जनताको सेवा गर्नेमा आचार्य अत्यन्त चिन्तित हुनुहुन्थ्यो, उहाँको जीवनबाट सबै पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले स्व आचार्यजस्ता हजारौँ नेता तथा कार्यकर्ताको पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति मुकुन्द रिजालले स्व आचार्य घरपरिवारभन्दा बाहिर निस्किएर समाज र देशको निर्माणमा लाग्ने नेता भएको बताउनुभयो । आचार्यको २०७५ साल असार ४ गते हृदयाघातका कारण ६१ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको नेविसङ्घका नेता सुशान्त आचार्यले जानकारी दिनुभयो ।