२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै प्रधानमन्त्रीलाई कालोझण्डा, दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानी काठमाडौमै कालोझण्डा देखाएका छन् । बुधबार बिहान राजधानीको कलंकी मालपोत कार्यालयमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको हो ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दुई जनालाई प्रहरीले पक्राउ गरेपनि पक्राउ पर्नेहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि पूर्वनिर्धाति समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान कलंकी आइपुगेका बेला कालोझण्डा देखाएका हुन् ।

उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । कालोझण्डा देखाउने क्रममा उनीहरूले ओलीविरुद्ध नारावाजी समेत गरेका थिए ।




भर्खरै