३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनामैनामा आमासँग विवाद भएपछि छोराले लगाइदिए घरमा आगो



अ+ अ-
सांकेतिक तस्बिर

बुटवल । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् ।

सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् ।

माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइवीका कारण जलाइएकोहरी नायब निरीक्षक बाबुराम घिमिरेको भनाई छ । कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए । नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए ।