३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
अ+ अ-

बाजुरा । हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्यचौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिनुभयो । जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो ।

जिल्लाबाट जटिल समस्या भएको खबर पाएलगत्तै सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो । गर्भवती विकको मुखबाट र्याल आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत विभिन्न समस्याका कारण जिल्लामा उपचार सम्भव नभएकाले तत्काल उद्धारका लागि पहल गरिएको कुँवरले बताउनुभयो ।

गाउँपालिकामा गरीबी र अशिक्षाका कारण यस्ता रोगले समस्या हुने गरेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । आफ्नो गाउँपालिकामा यस्ता बिरामी धेरै भेटिने गरेको अध्यक्ष शाहीको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा यसअघि बाजुरामा हिमाली गाउँपालिका–१, खप्तड छेडेदह गाउँपालिका– १, बुढीनन्दा नगरपालिका–२ र स्वामिकात्तिक गाउँपालिका–१ का विभिन्न बिरामी भएका महिला तथा सुत्केरी महिलाको उद्धार गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।