२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार



अ+ अ-

बाजुरा । हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्यचौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिनुभयो । जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो ।

जिल्लाबाट जटिल समस्या भएको खबर पाएलगत्तै सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो । गर्भवती विकको मुखबाट र्याल आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत विभिन्न समस्याका कारण जिल्लामा उपचार सम्भव नभएकाले तत्काल उद्धारका लागि पहल गरिएको कुँवरले बताउनुभयो ।

गाउँपालिकामा गरीबी र अशिक्षाका कारण यस्ता रोगले समस्या हुने गरेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । आफ्नो गाउँपालिकामा यस्ता बिरामी धेरै भेटिने गरेको अध्यक्ष शाहीको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा यसअघि बाजुरामा हिमाली गाउँपालिका–१, खप्तड छेडेदह गाउँपालिका– १, बुढीनन्दा नगरपालिका–२ र स्वामिकात्तिक गाउँपालिका–१ का विभिन्न बिरामी भएका महिला तथा सुत्केरी महिलाको उद्धार गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।