१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर सहचालकको मृत्यु



अ+ अ-
फाइल फोटो

बर्दिबास । महोत्तरीको मनराशिश्वामा करेन्ट लागेर तेल ट्यांकरका सहचालकको ज्यान गएको छ। जनकपुर उपमहानगरपालिका–८ का २५ वर्षीय उमेश यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जनाए।

बिहिबार राती मनराशिश्वा न.पा–८ स्थित भित्रि सडक खण्डमा सरपल्लोबाट मनरातर्फ जाँदै गरेको तेल लोड भएको ना ७ ख ११९५ नंको तेल ट्याङ्करले सडकको विद्युतीय तार झोल्लिन गई छुन खोज्दा तेल ट्याङकरका सहचालक यादवले सो तारलाई पन्छाउने क्रममा अचानक करेन्ट लागी गम्भीर घाइते भएका थिए ।उपचारको लागि जलेश्वर लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।