३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार

सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
अ+ अ-

काठमाडौँ ।ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो ।

सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि उहाँ ढोलाहिटीमा झरेर अर्को बसमा चढेर घर जानुभयो ।

महर्जन बिहान कलेज पढ्ने र दिउँसो सहकारीमा काम गर्नुहुन्छ । दैनिक चारपाँच वटासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा कहिले भाडाका निहुँमा, त कहिले झर्ने ठाउँ र सिटका विषयमा चालक तथा सहचालकसँग विवाद गर्नुपर्दा उनी हैरान हुनुहुन्छ । सरकारले विद्यार्थीका लागि दिएको छुट सार्वजनिक यातायातले दिन चाहँदैनन् ।

रु २५ भाडा तोकिएको ठाउँमा सहचालकले ‘यति रुपैयाँ त दिएकै छ नि’ भन्ने गरेका छन् । उहाँले भन्नुभयो, “उनीहरुले तोकिएको ४५ प्रतिशत छुट दिन चाहँदैनन् ।”

भक्तपुरकी सिर्जना थापा आफूले महिला सिटमा समेत सिट नपाउने गरेको बताउनुभयो । महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायतका लागि तोकिएका सिटमा को बसिरहेको छ भन्नेमा चालक तथा सहचालकले ध्यान नदिएको उहाँले बताउनुभयो । गर्भवती वा साना सन्तान लिएर सार्वजनिक यातायातमा यात्रा गर्न अझै कठिन भएको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “गर्भवती वा साना नानी लिएका महिला देख्दा न त बसिरहेका अरू महिला वा पुरुष सिट छाड्न खोज्छन् न त त्यहाँका कर्मचारी नै त्यसलाई ध्यान दिन्छन् ।”

उपत्यकामा चल्ने सवारीसाधनमध्ये साझा यातायातलगायत थोरैमा मात्रै चालक–सहचालकको व्यवहार राम्रो रहेको थापाले बताउनुभयो । आरक्षित सिटमा को बसिरहेको छ हेर्नेदेखि बसमा चढ्नासाथ अशक्तलाई सिटमा राख्न कर्मचारी आफैँ लाग्ने गर्छन् । त्यहाँका कर्मचारीको राम्रो व्यवहारकै कारण अरू धेरै बस छाडेर पनि साझा चढ्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुसँग कसरी व्यवहार गर्ने भन्ने साझाबाट अरूले सिक्नुपर्छ ।”

महर्जन र थापा प्रतिनिधि पात्र मात्रै हुन् काठमाडौँ उपत्यकाका अधिकांश यात्रुले दैनिक यी र यस्तै समस्या भोग्ने गरेका छन् । सार्वजनिक यातायातमा चालक–सहचालकले झर्किएर बोल्ने, तोकिएकोभन्दा बढी भाडा लिने र बस बिसौनीमा समेत नरोक्ने गरेको यात्रुको गुनासो छ । चालक–सहचालकले राम्रो व्यवहार नगरेकै कारण कतिपयले थोरै आम्दानी भए पनि बाध्यताले निजी सवारीसाधन चढ्नु परेको बताउँछन् । कतिपय यात्रु भने सहचालक सानोे कुरामा समेत झगडा गर्ने भन्दै आफूलाई वा अरूलाई अन्याय पर्दा चुपचाप लाग्ने गरेका छन् ।

चालक–सहचालकको व्यवहार सुधार गर्न सरकार र यातायात व्यवसायी दुवैले ध्यान दिनुपर्ने यातायात क्षेत्रका अभियानकर्मी राम थापाले बताउनुभयो । यातायात व्यवसायीले नाफाका केही हिस्सा आफ्ना कर्मचारीको तालीमका लागि छुट्याउनुपर्ने उहाँको सुझाव छ । सार्वजनिक यातायातमा चालक–सहचालकले यात्रुलाई सम्मान नगर्ने र सानो कुरामा पनि झगडा गर्दा यात्रु सहज वातावरणमा आवतजावत गर्न नपाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक यातायातमा यात्रु र चालक–सहचालकबीच झगडा दैनिक भइरहेको छ । व्यवसायी आफैँले यात्रुले बढी पैसा दिँदा चानचुन छैन भन्दै तोकिएकोभन्दा बढी भाडा लिन चालक–सहचालकलाई भन्ने गरेका छन् । सरकारले सार्वजनिक यातायातमा अनुगमन र गल्ती हुँदा कारवाही गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारको अनुगमन बाक्लो हुँदा उनीहरुमा पनि सजग भएर यात्रुसँग राम्रो व्यवहार गर्न थाल्छन् ।”

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले चालक–सहचालकलाई व्यावहारिक तालीम नहुँदा उनीहरुले यात्रुसँग झर्किएर रुखो बोल्ने गरेको बताउनुभयो । उहाँका अनुसार सहचालक मात्रै होइन चालकलाई समेत यात्रुसँग गर्ने व्यवहारसम्बन्धी आधारभूत ज्ञान छैन । यातायात व्यवस्था ऐनले चालक अनुमतिपत्र दिँदा नै ऊ परिपक्व चालक बन्ने कल्पना गरेको उहाँको भनाइ छ ।

चालक अनुमतिपत्र सामान्य सडक नियमका बारेमा लिखित परीक्षा र सवारी चलाउने जानेर ‘ट्रायल’ पास गरेपछि चालकलाई दिइन्छ । व्यावहारिक ज्ञानलाई परीक्षाले समेटेको छैन । सहचालक बन्नका लागि भने कुनै पनि मापदण्ड वा परीचयपत्रको समेत आवश्यकता नपर्ने उहाँले बताउनुभयो ।

पहिले यातायात व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको मात्रै भए पनि नेपालको संविधानले यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिएको उहाँले बताउनुभयो । सङ्घीय सरकारले नीतिनियम बनाउने भए पनि कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले यातायात क्षेत्रमा काम गर्ने मजदूरको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्छ ।”