२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि



अ+ अ-

ललितपुर । निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् ।

निजी भवन निर्माणका लागि सबै व्यक्तिका नाममा जग्गा रहनु र यहाँका निर्वाचित जनप्रतिनिधिले भूकम्प प्रभावित जनतालाई समयमै भवन निर्माणका लागि झक्झकाउँदा निजी आवास निर्माणमा यो गाउँपालिका अब्वल साबित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरका अनुगमन तथा मूल्याङ्कन विज्ञ यमनाथ गिरीले जानकारी दिनुभयो ।

गिरीले भन्नुभयो, “विसं २०७२ को भूकम्प गएको ५० महीनामा कोञ्ज्योसोमका ६२ प्रतिशत जनताले निजी आवास निर्माण गरिसकेका छन् । सो गाउँपालिकामा कूल लाभग्राही सङ्ख्या दुई हजार १५४ रहेका छन् । तीमध्ये पहिलो किस्ता लिने दुई हजार ६०, दोस्रोे किस्ता लिने एक हजार ७७४ र तेस्रो किस्ता लिने एक हजार ३४८ परिवार रहेका छन् ।”

कोञ्ज्योसोमपछि निजी आवास निर्माणको काम बढी गर्ने वाग्मती गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका ५६ प्रतिशत घरपरिवारले निजी भवन निर्माणको काम सम्पन्न गरिसकेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरको तथ्याङ्कअनुसार वाग्मतीमा कूल लाभग्राही सङ्ख्या तीन हजार ३७० रहेका छन् । पहिलो किस्ताका लागि सम्झौता गर्ने तीन हजार ९९ मध्ये तीन हजार ८९ ले पहिलो किस्तावापतको रकम लगेका छन् । त्यस्तै दोस्रो किस्ता लिने दुई हजार ५५८ र तेस्रो किस्ता लिने एक हजार ८९४ परिवार रहेका छन् ।

कोञ्ज्योसोम र वाग्मती गाउँपालिकाको तुलनामा निजी आवास निर्माणमा माङ्काल गाउँपालिका तेस्रो स्थानमा रहेको छ । यस गाउँपालिकाका ४८ प्रतिशतले नागरिकले निजी आवास निर्माण गरिसकेका छन् । यस गाउँपालिकामा कूल लाभग्राही सङ्ख्या दुई हजार २७१, पहिलो किस्ताका लागि सम्झौता गर्ने दुई हजार २३६, पहिलो किस्ता लिने दुई हजार २३५, दोस्रो किस्ता लिने एक हजार ७९७ र तेस्रो किस्ता लिने एक हजार १०४ लाभग्राही रहेको

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरले जनाएको छ ।

२०७२ सालको भूकम्पले क्षति भएका निजी आवास पुनर्निमार्णका लागि गाउँपालिकाको तुलनामा नगरपालिका र महानगरपालिका अति नै पछि परेका छन् । नगरपालिका र महानगरपालिकाभित्र गाउँपालिकाको तुलनामा निकै समस्या देखापर्ने भएकालेनगरपालिका अति नै पछि परेका छन् । नगरपालिका र महानगरपालिकाभित्र गाउँपालिकाको तुलनामा निकै समस्या देखापर्ने भएकाले