१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता



अ+ अ-

 काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

खाँण हाल गृहमन्त्री, कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ । उहाँहरुले केहीबेरअघि केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
 
कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ । केही समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउन लाग्नुभएको महाधिवेशनस्थल भृकुटीमण्डपबाट जानकारी प्राप्त भएको छ ।  रासस